लुभुघाट बस दुर्घटनामा ज्यान गुमाएका १३ परिवारलाई ५–५  लाख र घाइतेहरुको उपचार खर्च तिर्न यातायात समिति तयार

| असार २९, २०७९ बुधबार

लुभुघाटमा दुर्घटना ग्रस्त बस, फाइल फोटो ।
A A A
A A A

२९ असार, रामेछाप । १३ जनाको ज्यान जाने गरी भएको लुभुघाट बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्न यातायात समिति तयार भएको छ । 

 

यही असार २१ गते मंगलबार सुनापति गाउँपालिका–५ खनियापानीको लुभुघाटमा ३४ जना सवार यात्रुबाहक बस ब्रेक फेल भएर दुर्घटना हुदा ९ जनाको घटना स्थलमै र ४ जनाको उपचारको क्रममा ज्यान गएको थियो । 

 

ज्यान गुमाएका प्रतिपरिवारलाई यसअगाडि सुनापति गाउँपालिकाले दाहासंस्कार बापत नगद ३०–३० प्रदान गरेको थियो । 

 

मंगलबार जिल्ला प्रहरी कार्यालय रामेछापमा बसेको अरनिको यातायात प्रा.लि.का प्रतिनिधि, सुनापति गाउँपालिकाका जनप्रतिधि, प्रहरी प्रशासनसहितको छलफलमा मृतकका परिवारलाई प्रतिपरिवार पाँच लाख प्रदान गर्ने सहमति भएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) राजकुमार थिङ्ले रामेछाप टाइम्सलाई बताए । 

 

काठमाडौंका विभिन्न अस्पतालमा उपचारत २४ जना घाइतेहरुको उपचार गराउदै आएको यातायात समितिले यसअगाडि मृतकको संख्या धैरै भएकाले क्षेतीपूर्ती भर्न समस्या हुने बताउदै आएको थियो । 

 

तर, पालिकाको र पीडित परिवारहरुको निरन्तरको छलफलले समिति कानूनत पाउने ५ लाख रुपैयाँ उपलब्धन गराउन तयार भएको हो ।