भारतको अस्पतालमा राम्रो काम लगाइदिने प्रलोभनमा पारी युवती बेच्न लादै गर्दा युवती सहित रामेछाप फुलासीका घिसिङ् पक्राउ

| असार २९, २०७९ बुधबार

सांकेतिक तस्विर ।
A A A
A A A

२९ असार, रामेछाप । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलगन रामेछापका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–१४ फुलासी घर भएका ४२ वर्षीय बाबु घिसिङ रहेको नेपाल प्रहरीले जनाएको छ । 

 

पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट भारततर्फ जान लागेको अवस्थामा घिसिङ र २२ वर्षीय युवतीलाई प्रहरीले माइती नेपालका कर्मचारीको उपस्थितिमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो । 

 

प्रहरीका अनुसार घिसिङले युवतीलाई भारतको कलकत्तास्थित अस्पतालमा मासिक ६० हजार रूपैयाको काम लगाइदिने प्रलोभन देखाई काठमाडौंमा असार २७ गते ललाई फकाई लागको खुलेको छ । 


प्रहरीले भनेको छ २७ गते ‘बीरगञ्ज बसपार्क ल्याएको र चेकपोष्टमा बाराको अमलेखगञ्ज घर हो र भारतको रक्सौलमा कपडा खरिद गर्न जान लागेको’ भन्नू भनी घिसिङ्ले युवतीलाई सिकाएका रहेछन् ।’यसरी विभिन्न प्रलोभनमा परेर घिसिङ्ले ती युवतीलाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको प्रहरीले जनाएको हो ।

 

उनी सोमबार पक्राउ परेका हुन् । पक्राउ परेका घिसिङमाथि मानव बेचबिखन तथा ओसारपसार कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद अनुमती लिई अनुसन्धान नेपाल प्रहरीले जनाएको हो ।