१५ शैय्याको मन्थली अस्पताल निर्माणको काम छाडेर ठेकेदार करडौं रकमसहित सम्पर्क बिहिनः ज्याला नपाएपछि मजदुरहरू भोक-भोकै अलपत्र

| साउन ४, २०७९ बुधबार

निर्माणाधिन १५ शैय्याको मन्थली अस्पताल ।
A A A
A A A

४ साउन, रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा निर्माणाधिन १५ शैय्याको अस्पतालमा काम गर्ने मजदुरहरू भुक्तानी नपाएपछि समस्यामा परेका छन् । अस्पताल निर्माणको काम निर्माण कम्पनीले अलपत्र अवस्थाम छाडेपछि गत मसिरदेखि मजदुरहरू भुक्तानी नपाएर समस्यामा परेका हुन्।

 

जिल्ला सदरमुकाम मन्थलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैय्याको अस्पतालमा स्तरोन्नती गरी गत मंसिर ३० गते निर्माण सम्पन्न गर्ने गरी २०७८ भदौ १० गते शिलान्यास गरिएको थियो । 

 

शिलन्यास भएको ११ महिन पुग्न लागे पनि निर्माणको जिम्मा लिएको गाल्वा ललशुभ मेन्द्रो जेभी काठमाडौंले २० प्रतिशत पनि काम नसकी अलपत्र छाडिदिएको छ । झन्डै   दुई  महिनादेखि  काम  रोकिएको  र   गत मङ्सिरदेखि   काम   गरेको  ज्याला नदिई   ठेकेदार  सम्पर्कविहीन बनेपछि अहिले  खान र  बस्न समस्या भएको इलामका इन्द्रकुमार    राईले  बताए । “सरकारी काम  हो ।  भन्ने   बित्तिकै   भुक्तानी  हुँदैन  । भुक्तानी  लिन  लामो    प्रक्रिया  पूरा  गर्नुपर्छ  ।  काम  गरेको सबै पैसा पाइन्छ  भनेपछि  ठेकेदारसंग पैसा पनि मागे नौं  ।  अहिले बिजोग  बनाइदियो उनले भने ।” 

अर्का  मजदुर  सिन्धुलीका  गोविन्द  तोलाङ्गे लेठेकेदार  फरार भएपछि  पैसाको अभावमा तेलसमेत  किन्न  नसक्दा कोसीमा  बगेर आएको  दाउरामा  आगो  बालेर  पानीमा  तरकारी पकाएर खाएर बस्नु पर्नेको बताए । उनले भने “चुनावका बेलामा एक दुई हजार पैसा  दिएको   थियो,  त्यसबाहेक अरु एक पैसा पाएको छैन  । गएको मङ्सिरदेखि  काम  गरको पैसा लिनुपर्ने छ  ।  घरपरिवार फोन  गरेर पैसा  चाहियो भन्छ, आफू  यहाँ  तेल  किन्न  नसके र पानीमा  पकाएको    तरकारीसँग  भात  खाएर बसेको छु । खै   हाम्रो   समस्या कसले पोे देख्छ  र ?”

 

विगत सात महिनादेखि काम गरेको ज्याला नपाएपछि  इलामका  इन्द्रकुमार  राई र    सिन्धुलीका गोबिन्दा तोलाङ्गेले जस्तै इलाम, खोटाङ, भोजपुर,  सिन्धुली र रामेछापलगाएत जिल्लाका ७८ जनाभन्दा बढी कामदार लाई पेटभर्न र  सुत्ने  ठाउँको  समेत समस्या खेप्दै आएका छन् । 

 

निर्माण  कम्पनीका  सञ्चालक  सम्पर्कविहीन  बनेपछि  अस्पताल  निर्माण  क्षेत्र  आसपासका  होटल  तथा  खाद्यान्न  पसलहरू समेत  टाटपल्टने अवस्थामा पुगेका छन् । 

 

निर्माण कम्पनीका मानिस र इन्जिनियरहरू  बसेको,  खाएको सातदेखि आठ लाख रुपैयाँ लिनु पर्नेमा जम्मा ८० हजार  रुपियाँ दिएर  ठेकेदार बेपत्ता  भएको  स्थानीय  होटल  व्यवसायी हमला श्रेष्ठले बताइन् । 


तत्कालीन  राष्ट्रिय  पुनर्निर्माण  प्राधिकरण  जिल्ला कार्यान्वयन एकाइ ९भवन० रामेछापमार्फत नौ  करोड ३२  लाख  ५०  हजार  ९८६  रुपैयाँ लागतमा २०७८ जेठ ३० गते  गाल्वा÷लालशुभ मेन्द्रो जेभी   काठमाडौंसँग निर्माण सम्झौता भएको थियो ।

 


अहिले  यो  अस्पताल निर्माणको  काम सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापमार्फत भइरहेको छ । अस्पताल भवन निर्माणको काम निकै सुस्तगतिमा भएको  र  अहिले  आएर  झन्डै  दुई महिनादेखि  काम  अलपत्र  अवस्थामा  छाडेर   ठकेदार  सम्पर्कविहीन हुँदा अस्पतालको  सेवा प्रवाहमा समेत प्रभाव परेको मन्थली अस्पतालका प्रमुख डा। समीर  क्षेत्रीले बताए । 

 


निर्माण सम्पन्न गर्नुपर्ने  समयसीमा अब ५ महिना पनि छैन । यो अवधिसम्म निर्माण कम्पनीले  अस्पताल निर्माण क्षेत्रमा पर्खाल लगाउने  र पिल्लरका लागि  रड  ठड्याउने बाहेक  अरू  काम  गरेको छैन् । 

 

२०७८ असार १२ गते  एक करोड ९६ लाख ९० हजार  रुपैयाँ  भुक्तानी  लगेपछि  ठेकेदार   आफूहरूको  सम्पर्कमा नरहेको सघन सहरी तथा भवन निर्माण आयो जना रामेछापका लेखा    अधिकृत   सुरेश दाहालले   बताए । उनका अनुसार अहिलेसम्म यो काम बापत  निर्माण  कम्पनीले   पेस्किसहित २ कडोर ९०  लाख  १५  हजार ३५५  रुपैयाँ भुक्तानी  लिइसकेको   छ  । 

 

अस्पताल  निर्माणमा  ठेकेदारको हेपाहा  प्रवृत्ति देखिएको  मन्थली नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत  लिलाराज पौडेलले बताए । आफूहरूले  जति  ताकेता  गर्दा  पनि  नटेरेकाले यस्ता  ठेकेदारलाई स्थानीय  प्रशासन,  स्थानीय  सरकार र राजनीतिक  पार्टी, नागरिक समाज   र सञ्चार माध्ययमले   खबरदारी गर्नु पर्नेमा उनले जोड् दिए । यो समाचार आजको गोरखा पत्र दैनिकमा प्रकाशित भएको छ ।