गेलुमा घरमाथिबाट पहिरो बग्दा चार घर उच्च जोखिममा, दुई वटा खसी पूरिए

| साउन ६, २०७९ शुक्रबार

A A A
A A A

६ साउन, रामेछाप । गएरातिको वर्षाले गेलुमा चार घर परिवार विस्थापित् हुने अवस्थामा पुगेका छन् । घरमाथि सडकबाट पहिरो बग्दा चार घर परिवार पहिरोको उच्च जोखिममा परेका हुन् । पहिरोमा पति दुई खसी समेत पूरीएका छन् ।  

 

मन्थली नगरपालिका वडा नं १२ गेलुको थापा टोलका ४ घरमाथि बाट आएको पहिरोले पेल्न लाग्दा पीडित बनेका हुन् । 

 

घरमाथिबाट पहिरो खस्दा वडा कार्यालय जाने बाटोसहित ती घर पहिरोको जोखिममा गरेका हुन् । साथै नजिकैका तीन गोठहरु समेत पहिरोको जोखिममा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए । 

उनका अनुसार पहिरोका कारण मनमाया थापाको दुई तल्ले कच्ची घर पूर्ण जोखिममा परेकोे छ । साथै उनका दुई वटा खसी पहिरोमा पुरिएका हुन् । 

 


त्यस्तै पहिरोमा विष्णुबहादुर थापाको दुई तल्ले कच्ची घर र एउटा गोठ, ज्ञानबहादुर थापाको दुई तल्ले कच्ची घर र एउटा गोठ र छत्रबहादुर थापाको दुई तल्ले कच्ची घर र एउटा गोठ उच्च जोखिममा परेको छ ।