आङ सान सुकीमाथि ६ नयाँ आराेप

| चैत ३१, २०७७ मंगलबार

आङ साङ् सुकी फाइल फोटो
A A A
A A A

चैत ३१,काठमाडौं । म्यानमारमा सेनाको कू पछि अपदस्थ गरिएकी नेतृ आङ सान सुकीलाई सोमबार नयाँ फौजदारी अभियोग लगाइएको उनका वकिलले जानकारी दिएका छन् ।

सुकीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उनका वकिल मीन मीन सोले एएफपीलाई बताएका छन् । पछिल्लो आरोप देशको प्राकृतिक प्रकोप व्यवस्थापन कानुनअन्तर्गत रहेको पनि वकिलले थप जानकारी दिएका छन् ।

त्यस्तै म्यानमारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा आइतवारमात्र कम्तीमा ८० जनाको ज्यान गएकाे थियो । म्यानमारमा गएकाे फेब्रुअरी १ (माघ १९) मा देशको शासन सत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६ सयभन्दा बढी मानिसको ज्यान गइसकेकाे छ । सेनाले चुनावका बेला व्यापक धाँधली भएको दाबी गर्दै आएको छ ।