ध्रुबराज लामा र घननारायण श्रेष्ठको राजिनामा सभापति ‘कान्छाराम’द्वरा स्वीकृत

६ साउन, रामेछाप । नेपाली कांग्रेस रामेछापले ध्रुबराज लामा र घननारायण श्रेष्ठ (घनश्याम)को राजिनामा स्वीकृत गरेको छ ।
आज शुक्रबार वीपी स्मृती भवन मन्थली पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकपछि सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ले उनीहरुको राजिनामा स्वीकृत गरेका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा आफ्नो वडामा पार्टीका उम्मेदवारहरुको पराजय भएको कारण देखाउँदै लामा र श्रेष्ठले नैतिकताका आधारमा गत जेठ ०४ श्रेष्ठले र लामाले सामाजिक संजाल मार्फत जिल्ला कार्यसमिति रामेछापको सदस्य पदबाट राजिनामा दिएका थिए ।
आज काँग्रेसको बिधानको परिच्छेद–१२ को दफा ५० को उपदफा ७ बमोजिम आजैदेखि लागू हुने गरी राजिनामा स्वीकृत भएको जारी पत्रमा उल्लेख छ ।
जारी पत्र हेर्नुहोस्