लगातारको झरीले खिम्ती खोलाले सतर्कता तह पार गर्यो, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह

| साउन ७, २०७९ शनिबार

फाईल तस्विर ।
A A A
A A A

७ साउन, रामेछाप । लगातरको झरीले रामेछाको खिम्ती खोलाले सतर्कता तह पार गरेका छ । योसंगै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 

आज बिहान विशेष बुलेटिन निकालेर बढी पूर्वानुमान महाशाखाले खिम्तीको रसनालु जलमापन केन्द्रमा गएराति नै बाढीले सतर्कता तह पार गरेको आज बिहानसम्म उच्च सावधानी अपनाउन महाशाखाले आग्रह गरेको हो ।

 

महाशाखाले देशका अरु साना नदी तथा खोलामा पनि पानीको बहाव बढेकोले सावधानी अपनाउन भनेको छ ।

 

महशाखाका अनुसार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, मकवानपुर, धादिङ, लमजुङका नदी तथा खोलामा बाढी आउन सक्ने सम्भावना छ ।

 

यसैबीच काठमाण्डौसहित देशका धेरै ठाउँमा रातिदेखि नै झरी परेको छ । लगातारको झरीका कारण केही नदी खोलामा बाढी आएको छ ।