रहेनन् कांग्रेस पूर्व पार्टी सभापति, संविधान सभा सदस्य शिव खड्का

| बैशाख १९, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१९ वैशाख, रामेछाप (मन्थली) । नेपाली कांग्रेस रामेछापका राजनीतिक धरोहर मानिने कांग्रेस नेता, पूर्व जिल्ला पार्टी सभापति शिव बहादुर खड्काको निधन भएको छ ।

 

आइतबार बिहान खड्काको ७८ बर्षको उमेरमा निधन भएको कांग्रेस जिल्ला कार्यसमिति सदस्य भोजराज खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

खड्काका अनुसार बिहान शौचलय जाने बेलामा चिप्लिएर लडेर घाइते भएका उनको उपचारको क्रम्मा भक्तपुर स्थिर नागरिक  अस्पतालमा निधन भएको हो । खड्का राजधानीमा बस्दै आएका थिए । उनलाई पहिलेदेखिनै नसासम्बन्धि रोग रहेको थियो रामेछाप टाइम्ससंग भोजराजले भने । 

 

कांग्रेस पूर्व पार्टी सभापति रामचन्द्र खड्काका दाई समेत रहेका खड्का २०७० सालको संविधान सभा सदस्य समेत थिए । 

खड्का नेपाल विद्यार्थी संघका संस्थापक, प्रजातान्त्रिक योद्धा रहेका थिए  । 


रामेछापको सुनापती गाउँपालिकामा जन्मेका खड्का  तत्कालिन जिल्ला विकास समिती रामेछापका सभापति समेत बेनेका थिए ।