एमाले रामेछापले पार्टीलाई बलियो बनाउन जिल्ला, पालिका र वडा तहमै प्रशिक्षण चलाउने
एमाले चौथौ पूर्ण वैठकमा नेता कार्यकर्ता ।
९ साउन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले रामेछापले पार्टीलाई थप बलियो बनाउनु पर्ने निष्कर्श निकालेको छ । यसको लागि पार्टीले तल्लो तहमा प्रशिक्षण गर्ने भएको छ ।
गत ७ र ८ गते मन्थलीमा बसेको चौथो पूर्ण बैठकले पार्टीलाई राजनैतिक, वैचारिक र सांगठनिक पक्षहरुमा थप सुदृढ र एकतावद्ध बनाउन आवश्यक रहेको निष्कर्ष निकालेको हो । त्यसको लागि एमाले जिल्ला कमिटीले साउन र भदौ महिनाभित्र जिल्ला, पालिका र वडा तहमै प्रशिक्षण अभियान सञ्चालन गर्ने निर्णय गरेको उपसचिव प्रकाशकुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार वागमती प्रदेश कमिटीका नेताहरुले प्रशिक्षित गर्ने गरि प्रशिक्षण अभियान गर्न लागेको हो । प्रशिक्षणको लागि प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सदस्यहरुको कार्यक्षेत्र निर्धारण भैरकेको छ ।
त्यस्तै बैठकले विधान अनुसार अवधि पुगेका सबै जनवर्गीय संगठनका सम्मेलन पनि भदौ मसान्त भित्र सम्पन्न गर्न निर्देशन दिएको छ । धमाधम पार्टीको सदस्यता नविकरण गरिरहेको एमाले रामेछापले आउदो भदौ १० गते भित्र सदस्यता नविकरण पनि गरिसक्न निर्देशन गरेको छ।

