एमाले रामेछापले भन्योः स्थानीय चुनावमा सत्ता गठबन्धनले चौतर्फी घेराबन्दी, प्रशासनको चरम दुरुपयोग र एमाले बिरुद्ध भ्रमपूर्ण प्रचार गर्यो, १० जना निलम्बित

१० साउन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापले गत स्थानीय तहको निर्वाचनमा पार्टीलाई असहयोग गर्नेलाई १० जना पार्टी कार्यकर्तालाई निलम्बित् गरेको छ । उसले निर्वाचनमा सत्ता गठबन्धनले चौतर्फी घेराबन्दीमा परेको, राज्य प्रशासनको चरम दुपयोग गरेको, आर्थिक चलखेलसहित एमालेका विरुद्धमा भ्रमपूर्ण प्रचार गरेको समेत आरोप लगाएको छ । साथै यस प्रति घोर भत्सना गर्दै आगामी निर्वाचनमा यस्तै रवैया गरेमा प्रतिरोधमा उत्रने चेतावनी दिने समेत निर्णय गरेको छ ।
स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेद्वारा विरुद्ध लागेको ठहर गर्दै १० जनालाई गत शुक्रबार र शनिबार बसेको चौथौ पूर्ण बैठकले साधारण सदस्य समेत नरहने गरि निस्कासन गर्ने निर्णय गरेको छ ।
यसरी कारबाहीमा पर्नेमा मन्थली नगर कमिटीका तत्कालीन नगर कमिटी सचिव राजु कार्की, सदस्य रवी माझी, गोपाल थापा मगर, लिख तामाकोशी गाउँपालिका वडा नं ५ का अम्बर बहादुर खड्का, मन्थली नगरपालिका १३ फुलासीका विदुर चौहान, महेन्द्र पुरी, प्रेम गिरी, भगवति चौहान, कृष्ण पौडेल परेका छन् ।
उनीहरुलाई वडा कमिटीले गरेको कारबाहीको सिफारिसको आधारमा पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गर्दै केही सदस्यहरुलाई स्पस्टिकरण सोध्न निर्णय गरेको पार्टी उपसचिव प्रकाश कार्कीले जानकारी दिए ।
जसअनुसार मन्थली नगर कमिटीका तत्कालीन नगर कमिटी सचिव राजु कार्कीलाई सदस्य माझी र थापा मगरलाई साधारण सदस्य समेत नरहने गरी तिनै जनालाई निलम्बित गरेको छ ।
त्यस्तै लिख तामाकोशीमा विपक्षी पार्टीको उम्मेद्वार बनेका अम्बर बहादुर खड्का र प्रस्तावक समर्थकलाई निष्काशन गरिएको छ ।
त्यस्तै मन्थली १३ फुलासिका बिदुर चौहान, महेन्द्र पुरी र प्रेम गिरीलाई जिम्मेवारीबाट निलम्बन गरि स्पष्टीकरण सोध्ने बनेको छ । सोही वडामा स्वतन्त्र उम्मेद्वार बनेकी तत्कालिन जिल्ला सदस्य भगवती चौहान, सल्लाहकार सदस्य कृष्ण पौडेललाई पनि निष्काशन गरिएको एमालेले जनाएको छ ।
त्यस्तै अन्यका थुप्रै कमिटीको उजुरीहरुका आधारमा कारबाहीको लागि माथिल्लो कमिटीमा सिफारिस गर्न निर्देशन समेत भएको उपसचिव कार्कीले बताए ।
एमालेले पार्टी छोडेर अन्य पार्टीमा जाने सदस्यहरुको पार्टी सदस्यता खारेज गर्दै अभिलेखबाट हटाएको छ ।
त्यस्तै पार्टी प्रदेश कमिटी सदस्य चित्र बहादुर कार्कीको दुखद निधन प्रति गहिरो शोक व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरिएको छ ।