फर्पुमा पहिरो खस्दा मन्थली–बेताली सडक पूर्ण रुपमा अबरुद्ध

| साउन १०, २०७९ मंगलबार

तस्विर स्रोतः मणिराज सुनुवार ।
A A A
A A A

१० साउन, रामेछाप । मन्थली हुदैँ जिल्लाको उत्तरी क्षेत्र जोड्ने एक मात्रै सडक मन्थली–बेताली–रस्नालु–शिवलय सडक अबरुद्ध भएको छ । 

 

गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुमा निरन्तरको वर्षाले गरेको माटो सुख्खा पहिरो सडक माथिबाट खस्दा सडक अबरुद्ध भएको हो । पहिरोका कारण काठमाडौंबाट गोकुलगंगा गाउँपालिकाका विभिन्न वडा र उमाकुण्ड गाउँपालिका, सोलुखुम्बु जिल्लाका विभिन्न गन्तब्यतर्फ हिडेका यात्रु बाहक बससहित माल बहाक सवारी साधन बाटोमै रोकिएका छन् । यो बाटो जिल्लाको उत्तरी क्षेत्र जोड्ने एक मात्रै सडक हो । 

 

निरन्तरको वर्षाले सडक माथिबाट बगेर आएको पहिरोले बाटो अरुद्ध हुदाँ दुबै तर्फका सवारी रोकिएको मन्थलीबाट उमाकुण्ड गाउँपालिका प्रिती तर्फ यात्रा गरिरहेका यात्रु मणिराज सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार पहिरो खसेसंगै सवारी दुबै तर्फ रोकिएका छन् । 

 

पहिरो पन्छाउनको लागि जेसिबी आउने क्रममा रहेको जनाइएको छ ।