रामेछाप घर भएका यी बालक काठमाडौंबाट १३ दिन देखि बेपत्ता

| साउन ११, २०७९ बुधबार

१३ दिन देखि बेपत्ता बालक ।
A A A
A A A

११ साउन, रामेछाप । रामेछापको मन्थली १२ गेलु घर भएका बालक काठमाडौंबाट बेपत्ता भएका छन् ।

 

मन्थली नगरपालिकाको वडा नं १२ गेलु अम्वासबेसी घर भई हाल काठमाडौंको बानेश्वरमा डेरा लिएर परिवारसंग बस्दै आएका १४ वर्षीय कृष्ण खड्का १२ दिनदेखि सम्पर्क बिहिन बनेका हुन् । 

 

गत असार ३१ गते बिहान घरबाट स्कूल हिडेका बालक हालसम्म कसैको सम्पर्कमा नआएको उनको परिवारिक आफन्ताले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

इमेल एकेडेमी ईन्टरनेस्नल शन्तिनगर विद्यालयको कक्षा ७ मा अध्ययनरत बालक बेपत्ता भएसंगै खोजी गरेर सहयोग गरि दिन परिवारले आग्रह गरेको छ । 

 

उनी १३ दिन देखि सम्पर्क बिहिन भएपछि उनको परिवारमा पीडामा डुबेको छ ।

 

नोटः बालक भेटिएमा उनका बुबा बलराम खड्काको 9844441592, र काका मेकबहादुर खड्काको 9845746820 नम्बरमा सम्पर्क गरिदिन भनिएको छ । साथै ramechhaptimes.com को सम्पर्क 9809691211 मा पनि सम्पर्क गर्न सक्नुहुने छ ।