मन्थली गेलुमा पहिरोका कारण दुई परिवारको बिचल्लीः ५० वटा कुखुरा पहिरोमा पूरीए

| साउन ११, २०७९ बुधबार

फाईल तस्विर ।
A A A
A A A

११ साउन, रामेछाप । मंगलबार राति परेको अबिरल वर्षाको कारण खसेको पहिरोले दुई परिवारको विचल्ली पारेको छ, भने पहिरोले पूर्दा ५० वटा कुखुरा मरेका छन् । 


वर्षाको कारण मन्थली नगरपालिका वडा नं ११ गेलु माथिल्लो नाटिलाका मक्करबहादुर तामाङको कुखुरा फम पुरेको हो ।  घरमाथिबाट आएको पहिरोले खोर पूरीदाँ खोरमा रहेका अन्दाजी ५० वटा कुखुरा पूरिएर मरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजुप्रसाद ढकालले जानकारी दिए । 

 

उनका अनुसार केही दिनदेखिको निरन्तरको वर्षाले सोही वडाको आम्बोटे बस्ने सीताराम परियारको (दमाई) र बालहरी परियार (दमाई) को कच्ची घरमा माथिबाट आएको पहिरोले पूर्ण रुपमा क्षती पुर्याएको छ । 

 

पहिरोले घरमा क्षती भएसंगै दुई परिवारका आठ जना छिमेकीको घरमा आश्रय लिएर बस्न थालेका छन् । दुई घर परिवार पूर्ण रुपमा बिस्थापित भएका छन् ।