मन्त्रिपरिषद बैठक बस्ने : कोरोना रोकथाम तथा नियन्त्रण गर्न थप कदम चाल्ने तयारी !
फाइल फोटो
१९ वैशाख, रामेछाप । मन्त्रिपरिषद बैठक आज बस्दै छ । अप्रान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
आइतबार बस्न लागेको बैठकले कोरोना रोकथाम तथा ब्यवस्थापन समिति (सिसिएमसी) ले सिफारिस गरेर पठाएको निर्णयलाई पारित गर्ने तयारी रहेको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार निषेधाज्ञा जारी गरिएका जिल्लामा थप कडा गर्ने, यातायातका साधान संचालन् भैरहेका जिल्लामा थप कडाइ गर्ने तयारी छ ।
सिसिएमसीको बैठकले आन्तरिक हवाई उडानलाई स्थगित गर्ने सिफारिस गरेको छ ।
