करेन्ट् लागेर भक्तपुरमा रामेछाप बाम्तीभण्डारका परियारको ज्यान गयो

| साउन १३, २०७९ शुक्रबार

A A A
A A A

१३ साउन, रामेछाप । करेन्ट् लागेर रामेछापका एक युवकको भक्तपुरमा ज्यान गएको छ । 

 

ज्याग गुमाउनेमा जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डार पाँगा स्थायी घर घएका रोमन परियार हुन् । उनलाई बिहिबार दिउँसो खाजा खाएर फलामको रड काट्दै गर्दा करेन्ट् लागेको बताइएको छ । उनी मजदुरीको लागि काठमाडौं बस्दै आएका थिए ।

 

करेन्ट् लागेर घाइते परियारलाई उपचारको लागि अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका हुन् ।  

 

साइड्मा एक्लै काम गर्दै आएका उनलाई ढलेको अवस्थामा त्यहाँका अन्य मानिसले खबर गरेका थिए । लगत्तै उनको उद्दार गरि दिउँसो ३ ः ४५ बजे भक्तपुरको कोरियन फ्रेन्डशिप हस्पिटल लागेका थिए।

 

हस्पिटल पुर्याउन साथ डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।