रामेछाप प्रहरीले खाँडादेवी र सुनापतिको एक दर्जन बढि स्थानमा तीन दिनमा ४४ सय गाँजा फडानी गर्यो

| साउन १४, २०७९ शनिबार

A A A
A A A

१४ साउन, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा निर्देशनमा रामेछापमा दुई गाउँपालिकामा प्रहरीले लागू औषध गाँजाको बोट फडानी गरेको छ । 

 

गत मंगलबार देखि शुक्रबार सम्म जिल्लाको खाँडादेवी र सुनापति गाउँपालिका विभिन्न वडा तथा गाउँमा उम्रिएका गाँजाको बोट फडानी गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिए । 

 

उनका अनुसार (जिप्रका) को निर्देशनमा इलाका प्रहरी कार्यालय खाँडादेवीले पालिकाको चोप्राङ, गोगनपानी, खत्रीटोल रायगाँउ, साउटोल, धारापानी, चुल्ठेपानी, चारघरे, चरी, राकाथुम, चपाडी मा आफै बारी तथा पाखामा उम्रिएको गाँजाको बोट फाँडेको हो । 

 

त्यस्तै सुनापती गाउँपालिकाको खनीयाँपानी, भिरकोट, रुपाकोट, बेथान, पानीट्याङ्की लगाएतका स्थानमा इलाका प्रहरी कार्यालय बेथान, प्रहरी चौकी लुभुघाट,प्रहरी चौकी बेथान, सित्खा,अस्थाई प्रहरी चौकी गाल्पा लगायतका ३० जना प्रहरीको टोलीले अबैध रुपमा उम्रीएका गाँजा फाडेर नष्ट गरेको हो । 

 

सूचना अधिकारी समेत रहेका ढकालका अनुसार तीन दिनमा चार हजार चार सय बढि गाँजाको बोट नष्ट गरिएको छ ।