सुनारपानीमा टिफर दुर्घटनाः चालक घाइते, मन्थली–सालु सडक पूर्ण अबरुद्ध

| साउन १४, २०७९ शनिबार

A A A
A A A

१४ साउन, रामेछाप । रामेछापको मन्थली नगरपालिका सुनारपानीमा टिफर दुर्घटनामा परेको छ । दुर्घटनामा चालक घाइते भएका छन् ।

 

मन्थली नगरपालिकाको वडा नं ५ सुनारपानी स्थित पाठशालाडाँडामा टिफर सडकमै पल्टिएको सोही वडाका, वडा अध्यक्ष रवीन कार्की (नवीन) ले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार दुर्घटनामा सोही टिफरका चालक सर्जन भुजले  सामान्य घाइते भएका छन् । उनको उद्दार गरि तामाकोशी अस्पतालमा उपचारमा भैरहेको छ । 

 

सालुबाट काटमाडौं तर्फ हिडेको बा ४ ख ३५५७ नम्बरको खाली टिफर ब्रेक नलागेर पल्टिएको घाइते चालकको भनाई रहेको छ ।   

 

टिफरमा चालकसहित तीन जना सवार थिए । अन्य दुई जना भने सामान्वय रहेको बताइएको छ । बाटोमा टिफर पल्टिएपछि सडक पूर्ण रुपमा अबरुद्ध  भएको छ ।