सडकमै टिफर पल्टिए थुनिएको मन्थली– सालु सडक खुल्यो

| साउन १४, २०७९ शनिबार

A A A
A A A

१४ साउन, रामेछाप । आज शनिबार बिहान टिफर दुर्घटना भएर पूर्ण रुपमा अबरुद्ध भएको सडक मन्थली सालु सडक खुलेको छ ।

 

मन्थली नगरपालिका वडा नं ५ सुनारपानी वडा कार्यालयको पहलमा जेसीबी लगेर सडकमा पल्टिएको टिफर हटाएसंगै सडक पूर्ण रुपमा सुचारु भएको वडा अध्यक्ष रविन कार्की (नविन) ले जानकारी दिए । 

 


बा ४ ख ३५५७ नम्बरको टिफर ओरालोमा ब्रेक नलागेर दुर्घटनमा हुदाँ सोही टिफरका चालक सर्जन भुजेल घाइते भएका थिए ।

 

उनको उद्दार गरि तामाकोशी अस्पतालमा उपचार भैरहेको छ । घाइतेको अवस्था सामान्वय छ । टिफरमा तीन जना सवार रहेका थिए ।

तस्विर स्रोतः नवीन कार्की, वडा अध्यक्ष ।