मन्थलीमा उपचारको लागि मेडिकल पुगेका नाबालकमाथि डाक्टरबाटै कुट्पिट्, यस्तो कानुन लाग्छ डाक्टरलाई ?

| साउन १४, २०७९ शनिबार

A A A
A A A

१४ साउन, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीको भटौली घर भएका एक बालक चिकित्कसबाट निर्घाट कुटिएका छन् ।

 

शनिबार आज मन्थली नगरपालिका वडा नं ७ भटौलीका ८ वर्षीय नाबालक विज्ञान पाण्डे दाँत दुखेर फुकाल्न मन्थली मेडिकल आएका बेला निजी मेडिकलका संचालक समेत रहेका रामेश्वर के‍.सीबाट निर्घात कुटिएको बालकका काका हरि पाण्डेले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार बालककी आमाले ती बालकलाई दाँत फुकाल्नको लागि मन्थली मेडिकल हलमा ल्याएकी थिइन् । पाण्डेले भने ‘बच्चाले दाँत फुकाल्दा दुःख्यो भनेर रोएछ र मुखमा ‘स्प्रे’ हालेकाले थुक्छु भन्दा के.सीले झापडै–झापड् लगाएर बच्चाको गाला सुनिएको छ ।’ बालकको गालामा कुट्पिट्बाट निलडाम देखिन्छ । 

यसरी बच्चालाई कुटपीट् गरेका डाक्टरलाई बच्चाकि आमाले गाला सुनिएको र निलडाम देखेपछि शोद्धबुज् गर्दा बच्चा मरेको छैन् । मरेको भए क्षेती पूर्ती दिन तयार छु, भन्ने जवाफ फर्काएको पाण्डेले बताए । पाण्डेले भने ‘त्यो मानसिक रोगी हो कि के हो ? बच्चालाई कुटेर त, बच्चा मरेको छैन् । घाउचोट् लागेको छैन्, लागेको भए क्षेती पूर्ती दिन तयार छ भन्ने जवाफ दिए ।’

 


बालकलाई कुटपिट् गरेको घटनाको सामाजिक संजालमा आलोचना सुरु भएको छ । ती बालकको स्वास्थ्य परीक्षणपछि बालकमाथि कुटपिट गर्ने के.सी बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । लगत्तै के.सी भने फरार भएको बताइएको छ ।

 

यता जिप्रकाका सूचना अधिकारी राजु प्रसाद ढकालले बालक माथि कुट्पिट् भएर उजुरीको आएको र कुट्पिट् गर्ने के.सीलाई छलफलको लागि बोलाउदा भोली आइतबार ऊने बताएको रामेछाप टाइम्सलाई जानकारी दिए । उनीमाथि ईलाज सम्बन्धि र कुट्पिट् सम्बन्धि कानुन् आकर्षित हुन सक्छ । उनले कुट्पिट् गरेको देखिन्छ । अनुसन्धानबाट अगाडि बढ्ढौं जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नीरिक्षक ढकालले रामेछाप टाइम्ससंग भने ।'

 

डाक्टरलाई हामीले सम्पर्क पटक पटक सम्पर्क गरेपनि हाल सम्म सम्पर्क हुन सकेको छैन् ।