प्रशिक्षण दिन एमाले उपमहासचिव ज्ञवाली भोली रामेछाप आउने

१६ साउन, रामेछाप । नेकपा (एमाले) रामेछापका नेता कार्यकर्तालाई प्रशिक्षण दिन पार्टीका उपमहासचिव प्रदिप ज्ञवाली रामेछाप आउने भएका छन् ।
मंगलबार भोली (एमाले) रामेछापले जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । गत ७ र ८ गते सम्पन्न चौथौ पूर्ण बैठकले पार्टीको संगठन सुद्रिढ गर्नु पर्ने भन्दै जिल्ला देखि वडा तह सम्म प्रशिक्षण गर्न निर्णय गरेको एमाले रामेछापले भोली देखि जिल्ला स्तरबाट प्रशिक्षण सुरु गर्दैछ ।
जसको लागि जिल्ला कमिटी सदस्यहरु, सल्लाहकार परिषद सदस्यहरु, नगर÷गाउँपालिका कमिटी पदाधिकारी, वडा कमिटी अध्यक्षहरु, निर्बाचित पालिका प्रमुख÷उपप्रमुख र वडाध्यक्षहरु, जनसंगठनका केन्द्रिय सदस्य, प्रदेश सदस्यहरुलाई प्रशिक्षणमा डाकेको पार्टका उपसचित प्रकाश कुमार कार्कीले जानकारी दिए ।
पूर्वपरराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीले प्रशिक्षण दिने छन् ।