मन्थली १२ गेलुमा पहिरोका कारण १५ घर उच्च जोखिममाः ६ परिवारले घर छाडे

| साउन १८, २०७९ बुधबार

फाईल तस्विर ।
A A A
A A A

१८ साउन, रामेछाप । पहिरोको कारण मन्थली नगरपालिका वडा नं १२ गेलुमा एक दर्जन बढी घर उच्च जोखिममा परेका छन् । पहिरोबाट पीडित बनेकाहरुले आफ्नो घर छाडेर आफन्ताको सरणमा पुगेका छन् । 


गत आइतबार निरन्तरको बर्षाको कारण मन्थली नगरपालिका वडा नं १२ गेलु रजाईटोल स्थित डाँडामा रहेको अग्लेश्वर मन्दिरको पश्चिम तर्फको डिलमा धाँजा फाँट्दा मन्दिरमुनी रहेका १५ घर बस्ति नै जोखिममा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद् ढकालले जानकारी दिए । 


उनका अनुसार पहिरोका कारण सोही ठाउँका योगेन्द्र अधिकारी, भोजबहादुर अधिकारी, मोहनबहादुर अधिकारी, केशव अधिकारी, तोरणबहादुर अधिकारी र कृष्णमाया अधिकारीको घर तथा गोठ पहिरोको उच्च जोखिममा परेका हुन् । 


पहिरोका कारण पीडित बनेका मोहनबहादुर अधिकारीको १ जना त्रिपाल टंगेर बसेका छन् । भने तोरण बहादुर अधिकारीको ३ जना र कृष्णमाया अधिकारीको १ जना, भोज बहादुर अधिकार र केशव अधिकारीको ४ ४ जनाको परिवार आफन्ताकोमा सरणमा बसेका छन् । 

 

बस्तिमाथि रहेको ठाउँबाट पहिरो खस्ने डरले बस्ती छाडेको उनीहरुको गुनासो छ । गेलुमा वर्षा सुरु भएपछि ठाउँ ठाउँमा पहिरो जाँदा स्थानीयहरु पीडित बनेका छन् ।