करिब ८ लाख जरिवाना र एक वर्षबढि जेल तोकेका अभियुक्त सहित तीन जना ६ वर्षपछि काठमाडौंबाट पक्राउ

| साउन १८, २०७९ बुधबार

A A A
A A A

१८ साउन, रामेछाप । विभिन्न मुद्दामा करिब ८ लाख जरिवाना र एक वर्ष जेल फैसला भएका अभियुक्त सहित तीन ६ वर्षपछि काठमाडौंबाट पक्राउ परेका छन् । 

 

पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा बस्ने २२ वर्षीय अभिषेक खत्री सोही ठाउँका २२ वर्षीय राजिब भन्ने ‘सुरेश’ नेपाली र खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुम बस्ने ३१ वर्षीय तिर्थ कुमार श्रेष्ठ छन् । कैद तथा जरिवाना फैसला भएर फरार अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ मंगलबार काठमाण्डौंबाट पक्राउ गरेको हो । 

 

खत्रीमाथि चोरी मुद्दामा जिल्ला रामेछापले २०७४ जेठ ३० गते २१ दिन कैद र  ३८ हजार ७ सय ३७ रुपैयाँ ५० पैसा जरिवाना फैसला गरेको थियो । 

 


त्यस्तै ‘सुरेश’लाई पनि जिल्ला अदालत रामेछापले चोरी मुद्दामा २०७४ जेठ ३० गते २० दिन कैद र ३८ हजार ७ सय ३७ रुपैयाँ ५ पैसा जरिवाना फैसला गरेको थियो । उनीहरु दुवै ४ वर्षपछि पक्राउ परेका हुन् । 


त्यस्तै तिर्थ कुमार श्रेष्ठलाई भने जिल्ला अदालत भक्तपुरले चोरी मुद्दामा २०७३ असार २६ गते एक वर्ष ९ दिन कैद र ६ लाख ९६ हजार ३ सय २७ रुपैयाँ जरिवाना फैसला गरेको थियो । उनी करिव ६ वर्षपछि पक्राउ परेका हुन् । 

 

यसरी (जिप्रका)  रामेछापले कूल ७ लाख ७३ हजार ८ सय १४ रुपैयाँ ५ पैसा जरिवाना चुक्ता गर्नु पर्ने फरार प्रतिबादी पक्राउ गरेको हो ।