यी हुन् कांग्रेस जिल्ला कार्यसमिति रामेछापले गरेका निर्णयहरु

१९ साउन, रामेछाप । नेपाली कांग्रेस रामेछापले गत बुधबार बसेको जिल्ला कार्यासमितिले गरेका निर्णयहरु सार्वजनिक गरेको छ ।
एक समूह विभिन्न कारण देखाउदै असन्तुष्ट बनिरहेका बेला पार्टी कार्यालय वीपी स्मृती भवन मन्थलीमा बसेको पदाधिकारी बैठकले महत्वपूर्ण र अतिवश्यक निर्णयहरु गरेको पार्टी प्रवक्त बोगटीले बताए ।
बैठकमा गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको समिक्षा, पार्टीका विभिन्न तहमा खाली भएका पदहरुमा पदपूर्ति , लेवी र समसामायिक राजनीतिक विषयमा छलफल भएको छ ।
त्यस्तै जिल्ला प्रशिक्षण शाखा पुनः गठन,जिल्ला अनुशासन समिति गठन, जिल्ला कार्यसम्पादन समिति पुनः गठन समेत भएको छ ।
त्यस्तै पार्टीको संगठन सुढृिकरणको लागि आठवटै स्थानीय तहमा प्रशिक्षण संचालन गर्न लगाएत बैठकले निर्णय गरेको पत्रकार भेटघाट गर्दै बोगटीले जानकारी गराए ।
निर्णयहरु हेर्नुहोस्