रामेछापका अभिभावक खड्काको निधन भएपछि पौडेलले लेखे 'कांग्रेसले एक कुशल संगठनकर्ता गुमायो'
फाइल फोटो
१९ वैशाख, रामेछाप । नेपाली कांग्रेस रामेछापका राजनीतिक धरोहर, अभिभावक, नेपाली कांग्रेसका पूर्व जिल्ला पार्टी सभापति शिवबहादुर खड्काको निधन प्रति कांग्रेका बरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख ब्यक्त गरेका छन् ।
पौडेलले खड्काको निधन प्रति दुःख ब्यक्त गर्दै लेखेका छन्-'मेरा बालसखा अन्त्यन्तै हक्की स्वभावका नेता एंव संविधानसभा सदस्य शिवहादुर खड्काको निधनले मलाई अत्यन्तै मर्माहत बनाएको छ । खड्काको निधनबाट मैले एक जना असल, इमानदार पुरानो साथी गुमाएको छु । नेपाली कांग्रेसले एक कुशल संगठनकर्ता गुमाएको छ ।
नेपाली कांग्रेसका नेता खड्का भद्र अवज्ञा आन्दोलन, सत्याग्रहमासमेत सहभागी हुनुहुन्थ्यो । पार्टीमा लामो समय दुःख गरेर पनि कुनै लाभको पद नलिनुभएका खड्का अत्यन्तै इमानदार छविका नेता मानिनुहुन्थ्यो । उहाँ नेपाल विद्यार्थी संघको संस्थापक मध्येका नेता हुनुहुन्थ्यो । खड्का २०२७ वैशाख ६ देखि ९ गतेसम्म चलेको प्रजातन्त्रवादी विद्यार्थीहरूको राष्ट्रिय सम्मेलन म, पार्टी सभापति शेरबहादुर देउवा र विपिन कोइराला लगायतका नेताहरु सहभागि थियौं लेखेका छन् ।'
पूर्व संविधान सभा सदस्या खड्काको आइतबार बिहान ७८ बर्षको उमेरमा निधन भएको थियो ।
खड्का रामेछापको सुनापती गाउँपालिकामा जन्मेका हुन् ।
रामचन्द्र पौडेलको फेस्बुक पोष्ट
