मंसिर ४ गते संघ र प्रदेशको चुनाव एकै चरणमा गर्ने मन्त्रिपरिषद्को निर्णय

१९ साउन, काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउदो मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।
आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानबहादुर कार्कीले जानकारी दिए ।
यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।