रामेछाप प्रहरीको ‘विशेष अभियान’ : २० जना चोरीको मोटरसाइकल सहित पक्राउ

| साउन २४, २०७९ मंगलबार

A A A
A A A

२३ साउन, रामेछाप । छुटाछुटै स्थानबाट मोटरसाईकल चोरी गर्ने २० जनालाई रामेछाप प्रहरीले ‘विशेष अभियान’ संचालन गरेर पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले बुधबार १० जना पक्राउ गरेको हो । 

 

पक्राउ परेकाहरु परिचय भने प्रहरीले गोप्य राखेको छ । पक्राउ पर्नेमा मोटरसाइकल चोरी गर्ने साथै चोरीको मोटरसाइकल प्रयोग गर्नेहरु पनि छन् । 

 

एक हप्ते ‘विशेष अभियान’ नै संचालन गरेर रामेछाप प्रहरीले बा. प्र.०२–०३३ प ३९४५, बा.प्र.०२–०२२ प ३५२०, बा.प्र.०२–०१५ प ५४७८ र प्रदेश ३–०२–०२९ प ९६१२ नम्बरका मोटरसाइकलहरु सहित १० जना गत बुधबार पक्राउ परेका हुन् । 

 

त्यस्तै ७ जना आइतबार र थप ३ जना चोरीमा संलग्नहरु प्रहरीको फन्दामा परेको र अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछाप सूचना अधिकारी एवं प्रहरी निरीक्ष राजुप्रसाद ढकालले जानकारी दिए ।