विज्ञान विषय पढ्ने मन्थली भित्रका बालबालिकालाई निःशुल्क पढाउन अनुदान दिने सहित यस्ता छन् मन्थली नगरपालिकाको निर्णय (निर्णयसहित)

| साउन २४, २०७९ मंगलबार

फाईल तस्विर ।
A A A
A A A

२३ साउन, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले गत शुक्रबार बसेको नगर कार्यापालिका बैठकको निर्णय सार्वजनिक गरेको छ । जसअनुसार आर्थिक वर्ष २०७८÷०७९ देखि विज्ञान विषय अध्ययन गर्न चाहने नगर भित्रका बालबालिकाहरुलाई वडा र नगरपालिकाको सिफारिसमा निःशुल्क अध्ययन गराउन अनुदान दिने निर्णय गरेको छ । यो निर्णयलाई अहिलेको नगरपालिकाले पनि निरन्तरता दिएको हो । 

 

मंगलबार आज नगरपालिकाले एक सूचना जारी गर्दै बैठकको निर्यण सार्वजनिक गर्दै गरेको हो । 

 

त्यस्तै बैठकले उक्त अनुदान विद्यालयलाई उपलब्ध गराउन कक्षा ११ र १२ मा निःशुल्क विज्ञान विषय अध्ययन गराउने विद्यालयलाई अनुदान उपलब्ध गराउने कार्यविधि २०७९ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । 

 


त्यस्तै नगरपालिकाले स्वीकृत गरी उपभोक्ता समिति गठन तथा परिचालन कार्यविधि २०७५ कार्यान्वयन भइरहेको सन्दर्भमा कार्यान्वयनको चरणमा परेका जटिलता र सुधार गर्नु पर्ने पक्षलाई पनि संशोधन गर्न उपभोक्ता समिति गठन तथा परिचालन कार्यविधि २०७५ संशोधन गर्ने निर्णय गरेको जनाएको छ । 

 

त्यस्तै नगरपालिकाको गत आर्थिक वर्ष २०७८÷०७९ मा नगरपालिकाका शाखा र वडाहरुले सञ्चालन गरेको वार्षिक कार्यक्रमको वार्षिक ‘प्रगति समीक्षा’ आउदो भादौ ८ र ९ गते नगरपालिकाको सभा हलमा गर्ने निर्णय भएको उल्लेख छ । 

 

त्यस्तै नगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन समितिको गत मंगलबार बसेको बैठकले गरेको निर्णय वमोजिम कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । 

 

त्यस्तै नगरपालिकाको मुख्य बजार क्षेत्रमा सडक आवगमन र बजार बस्तीलाई व्यवधान हुने गरी अस्थायी पसलको रुपमा सवारी साधन मार्फत घुम्ती व्यापार गर्ने कार्यलाई निरुत्साहित गरी राजश्वको दायरामा ल्याउन यस नगरपालिकाको वडा नं १ को हाट बजार लाग्ने क्षेत्रमा विक्री वितरण गर्ने व्यवस्था मिलाउने ।