मन्थली नगरपालिकामा सामीको कार्यक्रम

| बैशाख १९, २०७८ आइतबार

फोटो नगरपालिकाको फेस्बुकबाटा साभार
A A A
A A A

१९ वैशाख, मन्थली । रामेछापको मन्थली नगरपालिकाले,नगरपालिकाद्वारा संचालित (सामी)  ररोजगार प्रवर्धन कार्यक्रम मार्फत सुरक्षित वैदेशिक रोजगार सम्बन्धी कार्यक्रम जनप्रतिनिधिहरुसँग अन्तर्क्रिया गरि मनाउने भएको छ । 

 

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण स्वास्थ्य सुरुक्षाका मापदण्ड पालना गर्दै सिमित प्रतिनिधिहरुकाबीच कार्यक्रम गरि मनाउने भएको हो ।

 

मन्थली नगरपालिकाको मिडिया हलमा स्वास्थ्य सुरक्षकाबीच मनाउन लागिएको कार्यक्रममा जनचेतना मूलक कार्यक्रम गरिने छ ।

 

विभिन्न मानव अधिकारवादी संस्थाहरुले कोरोना भाइरस संक्रमण बढी रहेको अबस्थामा सरकारी तथा स्थानीय सरकारबाट भेला, तालिम, गोष्टि भेला भएको भन्दै आक्रोश पोखिरहेका बेलामा नगरपालिकाले भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै कार्यक्रम गर्न लागेको जनाएको हो  ।  
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार