दोलखाको तामाकोशी जलविद्युत आयोजनाको ड्याममा बेपत्ता रामेछाप गुम्देलका बस्नेतको ज्यान गयो

| साउन २५, २०७९ बुधबार

A A A
A A A

२५ साउन, रामेछाप । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ड्याममा बोटिङ् गर्ने क्रममा बेपत्ता भएका रामेछापका एक युवकको ज्यान गएको छ । 

 

ज्यान गुमाउनेमा उमाकु्ड गाउँपालिका वडा नं १ गुम्देलको साविकको वडा नं ५ बाल्दिङ् घर भएका अन्दाजी २६ वर्षीय रमेश बस्नेत हुन् । उनी सोही पालिकामा निर्माणाधिन दुगड् हाइड्रोपावर कम्पनीमा गाडी ‘बोलेरो’ चलाउदै आएका थिए ।

 

उमाकुण्ड गाउँपालिका वडा १ गुम्देलका युवक बस्नेत सोही पालिकामा निर्माणाधिन दुगड् हाइड्रो कम्पनी मार्फत कामको लागि माथिल्लो तामाकोशी जलविद्यु आयोजनामा गएको जनाइएको छ । 


उनी मंगलबार बिहान जलविद्युत आयोजनाको ड्याममा बोटिङ् गर्ने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएदेखिनै उनीसंगै गएका ९ जनासहित प्रहरीको टिमले खोजी गर्दा उनी मृत भेटिएका बस्नेतको पारिवारी स्रोतले जनाएको छ । 

 

उनी घरको जेठो छोरा हुन् । उनको घरमा आमाबुबासंगै भाइ र बहिनी छन् । भाइबहिनीको विवाह भैसकेको छ भने उनी अविवाहित थिए ।