गोकुलगंगाको चुचुरेमा प्रहरीले ठूलो परिणाममा घरेलु मदिरा नष्ट गर्यो

| साउन २५, २०७९ बुधबार

A A A
A A A

२५ साउन, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले अबैध रुपमा उम्रिएका गाँजा फडानीपछि मदिरा नष्ट गर्न थालेको छ । केही दिन अगाडि जिल्ला प्रहरी कार्यालय रामेछापको निर्देशनमा जिल्लाको खाँडादेवी र सुनापति गाउँपालिकाको विभिन्न वडाहरुमा विभिन्न ठाउँमा उम्रिएका गाँजा फडानी गरेको थियो । 

 

मंगलबार हिजो जिल्लाकै गोकुलगंगा गाउँपालिकाको विभिन्न स्थानमा मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए । उनका अनुसार पालिकाको वडा नं १ चुचुरे वालुवाटोल स्थित प्रहरी चौकी शिवालयबाट खटिएको तीन जना प्रहरी टोली गाउँको विभिन्न स्थानमा रहेको मदिरा बेचबिखन गर्ने भट्टी पसल तथा बिक्री वितरन गर्ने स्थानबाट अन्दाजी एक ३० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । 

 

 

सो मदिरा स्थानीय जनप्रतिनिधी,बुद्दीजिवी,समाजसेवी,मेलमिलाप केन्द्रका व्यत्तित्वसहित स्थानीय आमा समूहका सदस्यहरुको रोवरमा नष्ट गरिएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।