भटौलीमा करेन्ट लागेर गाई चराउन गएका माझीको ज्यान् गयो

| साउन २९, २०७९ आइतबार

A A A
A A A

२९ साउन, रामेछाप । रामेछापको मन्थलीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

 

आज आइतबार दिउँसो मन्थली नगरपालिका वडा नं ७ भटौली घर भएका 'बिजुले' भनिने ५५  वर्षीय बिजुली माझीको ज्यान गएको हो । 

 

उनी गाई चराउनको लागि जंगलमा गएका बेला भुईमा लत्त्रिएको बत्तिको तारमा पर्दा उनको घटना स्थलमै ज्यान गएको हो । 

 

अहिले उनको शव परिवारका आफन्ताहरुले पत्रकारसहितको रोहबरमा राखेका छन् ।