कांग्रेस र एमाले परित्याग गर्दै सुनापतिमा ३९ जना माओवादी प्रवेश

३१ साउन, रामेछाप । सुनापति गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले) परित्याग गरी माओवादी ३९ जना प्रवेश गरेका छन् ।
सोमबार भएको एक कार्यक्रममा नेपाली कांग्रेस र एमाले परित्याग गर्दै उनीहरु माओवादी केन्द्र प्रवेश गरेको माओवादी केन्द्रका नेता युवराज चौलगाईले जानकारी दिए ।
अन्य पार्टी प्रति असन्तुष्टि जाउदै उनीहरु पार्टी प्रवेश गरेको बताएका छन् । उनीहरुले माओवादीका केन्द्रिय नेता लीलामणि पोखरेल, श्याकुमार श्रेष्ठ 'कुशल' धावा लामा लगाएतका नेताहरुले स्वागत गरेका छन् ।