कांग्रेसका अग्रज नेता खड्काको निधन प्रति देउवाद्वरा दुःख ब्यक्त

| बैशाख १९, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१९ वैशाख, रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामेछाप जिल्लाका पूर्व पार्टी सभापति, संविधान सभा सदस्य शिवबहादुर खड्काको निधन प्रति दुःख ब्यक्त गरेका छन् ।

खड्काको आज बिहान काठमाडौंस्थित एक अस्पतालमा उपचारको क्रम्मा निधन भएको थियो । 

 


देउवाले मृतक खड्काको प्राथिव शरिरलाई हेर्दै उनको देहवसनले मलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको भने ।

 

सभापति देउवाले स्वर्गीय खड्काले पार्टीको विभिन्न पदमा बसेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको सहयोग अतुलनीय र सदा स्मरणीय रहिरहनेछ भनेका छन् । साथै दउवाले नेपाल विद्यार्थी संघ नेविसंका संस्थापक खड्काको निधनबाट पार्टीले एक अनुभवी र अग्रज नेतृत्वलाई गुमाएको बताए । 

 


खड्काको ७८ वर्षको उमेरमा निधन भएको हो । उनी रामेछाप जिल्लाको सुनापति गाउँपालिका बेथानमा जन्मिएका थिए । 

सम्बन्धित समाचार-रहेनन् कांग्रेस पूर्व पार्टी सभापति, संविधान सभा सदस्य शिव खड्का

रामेछापका अभिभावक खड्काको निधन भएपछि पौडेलले लेखे 'कांग्रेसले एक कुशल संगठनकर्ता गुमायो'
 


 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार