ठोसेको एकामफेदीमा पहिरोले ५ घर बगायो,३ वटा बाख्रा पूरीएर मरे

| भदौ ३, २०७९ शुक्रबार

फाइल फोटो
A A A
A A A

३ भदौ, रामेछाप ।  रामेछापको ठोसेमा अबिरल बर्षासंगै आएको बढिले  पाँच घर बगाएको छ । बाढी पहिरोमा परि मानवीय क्षेती भने भएको छैन् । 

 

गत बिहिबार परेको अविरल वर्षासंगैको आएको बाढीले जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेको एकामफेदी बाहुनटोल स्थित नाडिङ खोल्सामा आएको लदोसहितको पहिरोले सोही ठाउँका सन्तोष रोक्का, ज्ञान बहादुर रोक्का, रमेश रोक्का, हरिबहादुर खत्री र धनलक्ष्मि गुरागाई घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । 

 

बिहिबार आएको बाढीले स्थानीय सन्तोष, ज्ञानबहादुर र रमेश रोक्काको भुकम्पपछि निर्माण गरिएको ईटाको गारो भएको २ तले घर पूर्णरुपमा बगाएको हो । 

 

 

त्यस्तै हरिबहादुर खत्री र धनलक्ष्मि गुरागाईको ढुङ्गा माटोले बनेको एकपाखे भान्सा घर भत्किएको छ भने धनलक्ष्मि गुरागाईको ३ वटा बाख्रा पहिरोमा परि पुरिएको जनाइएको छ ।