ध्रुवहरि ढुंगेलको संयोजकत्वमा कांग्रेस रामेछापले गठन गर्यो पार्टी प्रशिक्षण समिति

| भदौ ३, २०७९ शुक्रबार

गुञ्जबहादुर श्रेष्ठ र डा. सुमन कर्माचार्य समितिका सदस्यहरु
A A A
A A A

३ भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापले पालिका स्तरमा पार्टी प्रशिक्षण सचालन गर्ने जिम्मेवारी तोकेको छ । 

 


बिहिबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टी नेता तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि ध्रुवहरि ढुंगेलको संयोजकत्वमा जिल्ला प्रशिक्षक समिति गठन गरेको पार्टीका कार्यालय सचिव कृष्ण बस्नेतले जानकारी दिए । 

 


उनका अनुसार सो समितिको सदस्यहरुमा महाधिवेशन प्रतिनिधि केशवप्रसाद चालिसे, डा.भरत श्रेष्ठ, डा.सुमन कर्माचार्य, गुन्जबहादुर श्रेष्ठ र शिव श्रेष्ठ रहेका छन् । उनीहरुले पालिका र वडा स्तरमा पार्टी प्रशिक्षण दिने जिम्मेवारी तोकेको हो । 


पार्टी सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ तामाङ्को कार्यशैली प्रति असन्तुष्ट बनेर एक समूह बैठकमा अनुपस्थित् हुदै आएको बेला बसेको बैठकले पालिका स्तरमा प्रशिक्षण दिने निर्णय गरेको हो । 

 

त्यस्तै बैठकले पार्टीको अर्को बैठक भदौ १६ गते बिहान १० बजे मन्थलीमा निर्णय गरेको छ ।