गुम्देलमा बाघले गोठमा बाँधेको गाई मार्यो

| भदौ ४, २०७९ शनिबार

A A A
A A A

४ भदौ, रामेछाप । रामेछापको उमाकुण्ड १ गुम्देलमा बाघले गोठमा बाँधेको गाईको बाछो मारेको छ । 

 

पालिकाको उत्तरी भेग वडा नं १ गुम्देलको साविकको वडा नं ९ को माथिल्लो क्षेत्र चामरु भन्ने स्थानमा गोठमा बाँधेको गाईको बाछो बाघले मारेको स्थानीय आङफूर्वा लामा शेर्पाले जानकारी दिए । 

 

सो ठाउँका स्थानीय देण्डी लामा शेर्पाले पालेको गाईको बाछो बाघको आक्रमणबाट मरेको स्थानीयलाई उदृत गर्दै मणीराज सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

यसरी बाघले गाई मारेपछि वडा नं १ गुम्देलका वडा अध्यक्ष ङातिण्डू शेर्पाले गौरीशंकर संरक्षण क्षेत्रले पीडितलाई क्षेतीपूर्ती उपलब्ध गर्नु पर्ने बताए । 

 


सो ठाउँमा गत वर्षपनि बाघले गाई मारेको थियो ।