राष्ट्रपतिलाई दोस्रो पकट नागरिकता विधेक फिर्ता गर्ने अधिकार छैन- एमाले सचिव भट्टराई

| भदौ ५, २०७९ आइतबार

A A A
A A A

५ भदौ, रामेछाप । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले राष्ट्रपतिलाई दोस्रो पटक कुनै पनि विधेक फर्ता गर्ने अधिकार नरहेको स्पष्ट परेका छन् । उनले भने 'पहिलो पटक फिर्ता गर्ने अधिकार संविधानले व्यवस्था गरेको छ तर, दोस्रो पटक फिर्ता गर्ने अधिकार छैन् ।' वर्तमान ५ दलिय गठबन्धन अलोकतान्त्रिय, असंवैधानिक र संविधान विपरित रहेको उनको भनाई छ । 

 

सदरमुकाम मन्थलीमा प्रेस चौतारी रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले यस्तो बताएका हुन् । नागरिकता विधेक राष्ट्पतिले पहिलो पटक फिर्ता पठाएको प्रसंग उल्लेख गर्दै भट्टराईले दोस्रो पटक प्रतिनिधिसभाबाट हुबहु  बहुमतले पारित भएपछि दोस्रो पटक फिर्ता गर्ने अधिकार राष्ट्पतिलाई नभएको बताए । राष्ट्पतिले विधेक पारित गरेमा आउँदो निर्वाचनबाट एमालेले बहुमत ल्याएर आफ्नो सरकार बनाउने अनि यो ऐन खारेज गर्न दाबी गरे । 

 

भट्टाराईले देउवा नेतृत्वको सरकारले आउँदो चुनाव समयमै नगर्ने खेलमा लागि परेको आरोप लगाए । त्यस्तै उनले माओवादी अध्यक्ष `प्रचण्ड´ र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाकोमा "कमैया" बसेको जस्तो बसिरहेको टिप्पणी गरेका छन् । उनले कांग्रेससंग कम्युनिष्ट् पार्टी भन्नेहरुले गठबन्धन गर्नु संविधान विपरित भएको तर्क गर्दै प्रचण्ड र माधव नेपाल यसबाट बाहिर आउनु पर्नेमा जोड् दिए । 

 

सचिव भट्टराईले आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने गरि चुनावी घोषणा पत्र बनाउने र बहुमत ल्याउने दाबी गरे । मन्थली नगर कमिटीको संगठनलाई प्रशिक्षणको लागि आएको सचिव भट्टराईले आइतबार प्रशिक्षण दिने छन् । उनीसंगै एमाले केन्द्रिय सदस्य कैलाश ढुङ्गले,माधव ढुङ्गेल, गीता कार्की लगाएतका नेता आएका छन् । 

भिडिओ हेर्नुहोस्