रामेछापमा भोलीदेखि निषेधाज्ञा लागू, यी काम गर्न पाइदैन (सूचनासहित)

दुई स्थानीय तहमा केन्द्रित

| बैशाख १९, २०७८ आइतबार

फाइल फोटो मन्थली बजार आसपास
A A A
A A A

१९ वैशाख, रामेछाप । रामेछाप जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा भोली सोमबार देखि निषेधाज्ञा लागू हुने भएको छ ।

 

आज बसेको जिल्ला स्तरिय कोभिड-१९  ब्यवस्थापन समितिको (डिसिसिएमसी) बैठकले भोली (सोमबार) मध्यराति १२ बजेदेखि लागू हुने गरि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । 


यो निर्णय अनुसार जिल्लाको मन्थली नगरपालिका र गोकुलगंगा गाउँपालिकामा निश्चित् वडाहरुमा निषेधाज्ञा लागू हुनेछ ।

 

 

महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण जिल्लाको अवस्था भयवहाक बन्ने स्थिति भएको निष्कर्शसहित भोली देखि उच्च जोखिममा रहेका क्षेत्रहरु बन्द गर्न लागिएको हो । 

 


बैठकको निर्णय अनुसार मन्थली नगरपालिकाको वडा नं १ को मन्थली बजार क्षेत्र, २ को करम्बोट, ३ को ठूली मदौ,६ को कुनौरी र सेलेघाट, ७ को मुगिटार, ८ को गाइखुरा, १२ को देबिटार र १४ को फुलासीपोखरीका क्षेत्रहरुमा निषेधाज्ञा लागू हुने छ । 

 


त्यस्तै गोकुलगंगा गाउँपालिकाको १,४ र ५, नम्बरमा निषेधाज्ञा लागू हुने छ । भोली देखि लागू हुने बन्दाबन्दी आगामी २७ गते राति १२ः०० बजेसम्मका लागू हुने जिल्ला प्रशासनले जारी गरेको निर्णयमा उल्लेख छ ।
प्रशासनको निर्णय हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार