माथिल्लो तामाकोशीमा भेटिएको शव रमेश बस्नेतको नभएको पुष्टि

| भदौ ६, २०७९ सोमबार

भिरबाट लडेको सांकेतिक तस्विर ।
A A A
A A A

६ भदौ, रामेछाप । आइतबार गोताखोरको टोलीले भेटेको शव रामेछापको गुम्देलका रमेश बस्नेतको नभएको पुष्टि भएको छ । उनी गत साउन २२ गतेदेखि रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका बस्नेत बोटिङ् गर्ने क्रममा ड्यामसाइड्मा बेपत्ता भएका छन् । 

 

माथिल्लो तामाकोशी जलविद्युत प्राधिकरणको ड्यामसाइड्मा बेपत्ता बस्नेतको खोजीको लागि पुगेको गोताखोरको टोलीले आइतबार एक पहिचान नखुलेको शव फेला परेको थियो । सो शबको पोष्टमाट परिक्षणबाट उनको नभएको पुष्टि भएको दोलखाको पुशुपति चौलागाई अस्पतालले जनाएको छ । 

 

सडेगलेको, टाउको नभएको अवस्थामा भेटिएको उक्त शव बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ४ का २१ वर्षिय रबिन कार्कीको रहेको प्रहरीले पुष्टि भएको अस्पतालले जनाएको छ । 

 

भेटिएको शव गत असार ७ गते दोलखाको बिगु गाउँपालिका वडा नम्बर नं १ देउराली बाटो बनाउने क्रममा भिरबाट लडेर बेपत्ता भएका कार्कीको भएको पुष्टि भएको दोलखा प्रहरी जनाएको हो । 

 

भेटिएको शव अहिले पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको दोलखाका प्रहरी निरीक्षक राजेश सिक्देलले जानकारी दिए ।