बैङ्किङ कसुरमा फरार खड्का सानिमदौबाट पक्राउ

| भदौ ६, २०७९ सोमबार

तस्विर जिल्ला प्रहरी कार्यालयबाट प्राप्त ।
A A A
A A A

६ भदौ, रामेछाप । बैङ्किङ कसुरमा फरार एक जना मन्थली सानिमदौमा लुकी बसेको अवस्थामा पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा जिल्लाकै लिखुतामाकोशी गाउँपालिका वडा नं ६ बस्ने  ५३ वर्षीय कृष्णबहादुर खड्का हुन् । उनी बिरुद्ध दोलखाको मेलुङ गाउँपालिका वडा नं २ घर भई हाल रामेछापको मन्थली नगरपालिका वडा नं १ मन्थली बस्ने सुजुकी कार्कीले जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

खड्कालाई बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले गत साउन १५ गते पक्राउ पूर्जी जारी गरेको थियो । 

 


त्यसपछि प्रहरीले खोजी गरिरहेका खड्कालाई सोमबार बिषेश सूचनाको आधारमा सानिमदौबाट पक्राउ गरि उच्च अदालत पाटनबाट दिन सात म्याद थप गरेर अनुसन्धान सुरु गरेको सूचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिए ।