अरिङगालले टोक्दा लिखु तामाकोशी गाउँपालिका सचिव घाइते

| भदौ ७, २०७९ मंगलबार

फाइल फोटो
A A A
A A A

७ भदौ, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा अरिङगालले टोक्दा एक जना गम्भीर घाइते भएका छन् ।

 

उनको सदरमुकाम मन्थली स्थित तामाकोशी अस्पतालमा भर्ना गरि उपचार भैरहेको फेस्बुकमा मार्फत उनले जानकारी गराएका छन् । 

 

 

सोमबार दिउँसो घाँस काट्ने क्रममा वडा नं ७ का स्थानीय उज्वल पाण्डेलाई अरिङ्गालले टोक्दा उनी गम्भीर घाइते भएको पाण्डेले सामाजिक संजाल फेस्बुक मार्फत जानकारी दिए ।

 

उनलाई १५-२० वटा अरिङगालले टोकेको उल्लेख गरेका छन् । उनी तरुण दल लिखु तामाकोशी गाउँपालिका सचिव समेत हुन् ।