नेपाल बन्दः रामेछापमा मसाल जुलुस निकालेर विप्लवले भन्यो ‘सरकारकै कारण बन्द गर्न बाध्य भयौं’

| भदौ ७, २०७९ मंगलबार

A A A
A A A

७ भदौ, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) नेतृत्वको नेकपाले गएराति राँके जुलुस निकालेको छ । विप्लवले आज देशब्यापी बन्दको आह्वन गरेको छ । जसको प्रभाव देशैभरी सामान्य देखिएको छ । 

 

मंगलबार आह्वन गरेको नेपाल बन्दलाई कडाईका साथ लागू गर्ने भन्दै जिल्ला सदरमुकाम मन्थलीमा नेपाल कम्युनिस्ट पार्टी रामेछापले मसाल जुलुस निकालेको हो । उनीहरुले सरकारसंग भएको तीन बँदै सहमती लागू गर, झुटा मुद्दा खारेज गर, एमसीसी खारेज गर, आफ्ना पार्टीका नेताहरुमाथिको पक्राउ पूर्जी खारेज गर भन्दै नाराबाजी गरेका थिए । 

 


तामाकोशी अस्पतालबाट सुरु भएको मसाल जुलुस देवकोटा चोक हुदै कटहरबोटमा पुगेर कोणसभामा परिणत भएको थियो । सो कोण सभामा बिबेक लामा, जिल्ला सेक्रेटरी इन्द्र श्रेष्ठले आफ्ना माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गरे । 

 

जिल्ला सेक्रेटरी श्रेष्ठले भने ‘हाम्रो पार्टी तीन बुँदे सहमती प्रती जिम्मेवार छ, तर सरकारमा बस्नेहरूले सहमती कार्यन्वयन गर्नुको सट्टाउल्टै पक्राउ पूर्जी जारी गरेर देशलाई द्वन्द तिर धकेल्ने दुस्साहस गर्यो । त्यसैको कारण नेपाल बन्द गर्न बाध्य भयौं ।’