दुम्सी मारेर लैजाँदै गर्दा सिन्धुलीका थापा र कार्की रामेछाप प्रहरीको नियन्त्रणमा

| भदौ ९, २०७९ बिहिबार

तस्विर जिल्ला प्रहरी कार्यालयबाट प्राप्त ।
A A A
A A A

९ भदौ, रामेछाप । रामेछाप प्रहरीले अवैध वन्यजन्तु (दुम्सी) सहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका वडा नं ५ बस्ने २० वर्षीय ‘अनिल’ भन्ने गिताजंग थापा र सोही ठाउँका २३ वर्षीय नारायण कार्की रहेका छन् ।

 

उनीहरुलाई गत मंगलबार राति १० : ०० बजे जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ३ सित्खा बजारमा प्रहरी चेकजाँचमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । बागमती प्रदेश ०२-०३० प ७१८६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा मोटरसाईकल पछाडि सेतो बोरामा लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा मृत दुम्सी फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजुप्रसाद ढकालले जानकारी दिए ।

 

 

उनका अनुसार मोटरसाईकलमा दुम्सी लिएर जिल्ला बाहिर भाग्न लागेका थापा र कार्कीलाई पक्राउ गरी  मृतक दुम्सी सहित आवश्यक कारवाहीको लागी वन डिभिजन कार्यालय रामेछापमा बुझाईएको प्रहरीका सूचना अधिकारी ढकालले बताए ।