उपचारको लागि लैजाँदै गर्दा हत्कडी सहित फरार रामेछापका बुढाथोकीलाई प्रहरीले पक्राउ गर्यो

| भदौ ९, २०७९ बिहिबार

फाइल फोटो
A A A
A A A

९ भदौ, रामेछाप । हतकडीसहित भागेका रामेछापका एक कैदीलाई प्रहरीले लुभुबाट पक्राउ गरेको छ । बुधबार महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारको लागि लगिएका बेला रामेछापको लिखु तामाकोशी गाउँपालिका  पिल्पुङग घर भएका ३१ वर्षीय भोला बुढाथोकी फरार भएका थिए।


उनलाई बिहीबार बिहान ७ बजे ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।परिसरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। उनी २०७२ सालदेखि नख्खु कारागारमा कर्तव्यज्यान मुद्दाको कैद भुक्तान गर्दै आएका छन्।

 

आँखाको नियमित फलोअपको लागि उनलाई बुधबार महाराजगन्ज लगिएको थियो। सोही क्रममा उनी हतकडीसहित भागेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले कारागार प्रमुखलाई जिम्मेवारीबाट खटाएको छ।

 

यस्तै कारागारमा रहेका सबै प्रहरी कर्मचारीलाई पनि निलम्बन गरेको छ । कार्यालयले यस घटनामा छानबिन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको नेतृत्वमा चार सदस्यीय समिति पनि गठन गरेको छ।