अरिङ्गालले टोक्दा लिखु तामाकोशीमा एक बृद्धाको ज्यान गयो

| भदौ ११, २०७९ शनिबार

A A A
A A A

११ भदौ, रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ४ कल्लेरिमा अरिङ्गालको टोकाईबाट एक बृद्धा जनाको ज्यान गएको छ । 

 

अरिङ्गालको टोकाईबाट ज्यान गुमाउनेमा सोही ठाउँका ७५ वर्षीय टेकबहादुर सिंजाली मगर रहेको स्थानीय बिष्णु विश्वकर्माले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार ७५ वर्ष सिंजाली गत सांझ करिब ५ ः ०० बजेको समयमा घर बाहिर गएका बेला सांझसम्म घर नआएपछि खोज्न जाँदा जिउभरी अरिङ्गालसहित भेटिएका थिए । 

 

तत्काल उद्दार गरि उपचारको लागि धोबी बजार स्थित अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भवन नभएपछि उपचारको लागि काठमाडौं लैजाँदै गर्दा शनिबार बिहान ८ बजे बाटोमै ज्यान गएको हो ।