५९ वर्षीय महिलालाई ज्यान् मार्ने धम्कीदिएर बलत्कारको प्रयास् गर्ने दोरम्बाका तामाङ् पक्राउ
रामेछापले शनिबार पक्राउ
संकेतिक फोटो फाईल
चैत २९,
रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकामा ५९ वर्षीय महिलालाई जबरजस्ती करणी गर्ने खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गाँउपालिका वडा नं.७ बस्ने अंन्दाजी ५६ वर्षीय अंगते तामाङ रहेका छन् ।
उनले सुस्त मनस्थिती भएकी ५९ वर्षीय असक्त अपाङ्ग भएकी महिलालाई घरमा एक्लै बसिरहेको अबस्थामा डर,धाम्की देखाई करणी गर्ने कोसिस् गरेका थिइ । साथै उनले ती महिलालाई कसैलाई भनिस् या कराई चिच्याई गर्यो भने मारिदिन्छु भनी धम्की समेत उनले दिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
तामाङ्लाई रामेछाप जिल्ला अन्तर्गत प्रहरी चौकी गुन्सी रामेछापले शनिबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रामेछाप ल्यायर अनुसन्धान सुरु गरेको रामेछापका प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
