डाका मुद्दामा २ वर्षदेखि फरार रहेका लिखुतामाकोशीका तामाङ देवकोटा चोकबाट पक्राउ

| भदौ १२, २०७९ आइतबार

सांकेतिक तस्विर ।
A A A
A A A

१२ भदौ, रामेछाप । डाका मुद्दामा २ वर्षदेखि फरार रहेका लिखुतामाकोशीका एकलाई प्रहरीले मन्थली देवकोटा चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालिकाको वडा नं ५ तिलपुङडाडा बस्ने २३ वर्षीय भक्तबहादुर तामाङ हुन् । 

 

मन्जु तामाङले उनी बिरुद्ध जाहेरी दिएपछि जिल्ला अदालत रामेछापबाट २०७७ चैत ३० गते ६ वर्ष ११ महिना २० दिन कैद र ७० हजार रुपैया जरिवाना फैसला भएको थियो ।

 

त्यस लगत्तै उनी फरार रहेका थिए । सोही तामाङ्लाई शनिबार प्रहरी नीरिक्षक जटाशंकर यादबको टोलीले सदरमुकाम मन्थली स्थित देवकोटाचोकमा हिड्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

पक्राउ परेका तामाङलाई (जिप्रका) मा लागि आइतबार जिल्ला अदालत पेश गरिएको सूचना अधिकारी राजुप्रसाद् ढकालले जानकारी दिए ।