संघ वा प्रदेश जहाँ पार्टीले दिन्छ, त्यही लड्छु- भण्डारी

१५ भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापका पूराना नेता झपडराज भण्डारीले आसन्न निर्वाचनमा आफ्नो उम्मेद्वारी रहने बताएका छन् । उनले भने ‘जुन ठाउँमा भएपनि म उम्मेद्वर हुँ । पार्टीले दिएको ठाउँमा चुनाव लड्छु म, एक्लैले मात्रै भनेर पनि हुदैन, उम्मेद्वारको बलियो दाबेदार हुँ भण्डारीले रामेछाप टाइम्ससंग भने ।’
बुधबार रामेछाप टाइम्ससंग संक्षिप्त कुराकानी गर्दै नेता भण्डारीले संघ वा प्रदेश कुनै पनि ठाउँमा आफू चुनाव लड्न तयार रहेको बताएका हुन् । उनले थपे ‘ अब बैठक बस्दै छ, जिल्लामा त्यहाँबाट के कुरा आउने हो । एक्लैले भनेर नहुने ? तर, म, बलियो उम्मेद्वार हुो ।’
जिल्लामा लामो समयदेखि पार्टीमा संक्रिय नेता भण्डारी सरल, मिलनसार र त्यागी नेताको रुपमा पहिचान बनाएका छन् । हाल उनी पार्टीको महाधिवेशन प्रतिनिधी हुन् ।
वि.स २०११ सालमा साविकको प्रिती गाउँविकास समिती ४ मा जन्मिएका भण्डारी २०३६ साल देखी निरन्तर कांग्रेसको राजनीतिमा सक्रिय छन् । ‘मैले राजनीति वाहेक अरु कुनै पेशा ,व्यवसाय पनि गरेको छैन । यसैमा लागेको छु । ४३ वर्ष कांग्रेस भएर बिताए अब पार्टीले मूल्याङ्क गर्नु पर्छ र गर्छ भन्ने मलाई विश्वस छ ।’
उनले २०३६ सालको जनमत संग्रहमा समेत नजिकबाट नियालेको भन्दै २०४६ सालको आन्दोलनमा ७ दिन, २०६२÷०६३ को आन्दोलनमा एक सय १६ दिन प्रहरी हिरासतमा बिताएको स्मरण गरे ।
उनले भने ‘कांग्रेसमा लागिस् भनेर तत्कालीन नेकपा (माओवादी) ले २०६२ साल असोज २६ गते घर जग्गा कब्जा गर्दा समेत निरन्तर राजनीतिमा लागेरहे, कांग्रेस हुँ भनिरहेको छु ।’
२०४८ सालमा उनी गाउँ विकास समितीको अध्यक्ष भए । त्यस्तै रामेछाप क्षेत्र न १ को क्षेत्रिय सभापती, जिल्ला कार्यसमिति सदस्य, जिल्ला उपसभापती र कार्यबहाक सभापती भण्डारी महाधिबेशन प्रतिनिधि छन् ।