राष्ट्रपति भण्डारीद्वरा प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वन्

| बैशाख २०, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२० वैशाख, रामेछाप । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी  छिन् । 

 

हिजो बसेको मन्त्रिपरिषद्‌को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्‍वास छ भन्‍ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आगामी वैशाख ७ गते सोमबारका दिउसो १ बजे बस्ने गरि बैठक डाकेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

हेर्नुहोस् राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति 


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार