यी हुन् मन्थली नगरपालिका कार्यपालिका बैठकले गरेका निर्णयहरु

| भदौ १७, २०७९ शुक्रबार

A A A
A A A

१६ भदौ, रामेछाप । मन्थली नगरपालिकाले आर्थिक सहायता सम्बन्धी कार्यविधि २०७९ परिमार्जन सहित पारित गरेको छ । 


गत बिहिबार बसेको कार्यपालिका बैठकले नगरपालिका  क्षेत्रभित्र रहेका गरिब, विपन्न असहायहरु, कडा रोग लागेका, दुर्घटनामा परेका, प्राकृतिक तथा मानवीय विपत्तिका कारण धनजनको क्षति भएका, ठूलो शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेका व्यक्तिहरु र सामाजिक क्षेत्रमा क्रियाशील संघ, संस्थाहरुसँगको सहकार्य तथा सहयोगको अपेक्षालाई व्यवस्थित गर्न नगरपालिकाको आर्थिक सहायता सम्बन्धी कार्यविधि पारित गरेको जनाएको छ । 

 

त्यस्तै नगरपालिकाको साझेदारी ऐन २०७९ मा भएको व्यवस्था अनुसार नगरमा लगानी साझेदार कार्यक्रम सञ्चालनलाई व्यवस्थित गर्न मन्थली नगरपालिकाको साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ परिमार्जन सहित पारित गरेको छ । 

 

त्यस्तै भू–उपयोग ऐन २०७६ को दफा २० को उपदफा (१) (घ) मा उल्लेखित भू–उपयोग कार्यान्वयन समिति सदस्यहरु चयन गरेको छ । जसमा निलकण्ठ श्रेष्ठ (मनपा ४) , दिपक दाहाल
(मनपा १), कमला जिरेल मगर (मनपा ११) र नकलक्ष्मी श्रेष्ठ (मनपा १०) रहेका छन् । 

निर्णय हेर्नुहोस्